देश/प्रदेश

बैतडीमा ट्याक्टर दुर्घटना

By खबरहब

May 12, 2023

काठमाडौँ- बैतडीमा ट्याक्टर दुर्घटना भएको छ । जिल्लाको पाटन नगरपालिकामा शुक्रबार दिउँसो १२ बजे ट्याक्टर दुर्घटनामा परेको हो ।

पाटनबाट सुर्नया नदीबाट बालुवा ल्याइरहेको सुदूरपश्चिम प्रदेश ०१००२ त ४९५३ नम्बरको ट्याक्टर पाटन–६ को लोर्खा मा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । ट्याक्टरमा चालकसहित तीन जना सवार रहेकोमा सबै सकुसल रहेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ ।

दुर्घटनाको कारण खुलेको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।