ब्रेकिङ स्टोरी

प्रतिनिधि सभा बैठकमा आज अर्थमन्त्रीले बजेटमाथिका प्रश्नको जवाफ दिने 

By खबरहब

June 12, 2023

काठमाडौँ– प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । 

संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा अर्थमन्त्री डा. रामशरण महतले आगामी आर्थिक वर्ष २०८०–८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) मा सांसदहरुले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यक्रम रहेको छ। 

जेठ १५ गते प्रस्तुत आगामी वर्षको बजेटमाथिको छलफल हिजो सकिएपछि आज अर्थमन्त्रीले जवाफ दिन लागेका हुन् ।

यसअघि हिजो नै अर्थमन्त्री डा. महतले जवाफ दिने कार्यक्रम रहेको भए पनि अन्तिममा आएर आजका लागि सारिएको थियो ।