नेपाली मिडिया र कतिपय बुद्धिजीवीले भारतीय संसद भवनमा राखिएको भित्ते चित्रलाई ‘अखण्ड भारत’ भनेर परिभाषित गरे। जबकी उक्त सम्पूर्ण नक्सामा त्यो कतै पनि लेखेको देखिँदैन। भारतीय संसदमा राखिदिएपछि यसरी परिभाषित हुनुपर्दछ भन्ने सोझो तर्क छ। कुरा यति मै सीमित रहेन, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले औपचारिक रुपमा नै ‘ग्रेटर नेपाल’को नक्सालाई आफ्ना कार्यकक्षभित्र राखेर देखाइदिए।
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणपछि नेपालमा तीनवटा विषय बढ़ी चर्चित छन्। उज्जैनको महाकालेश्वर महादेव मन्दिरमा परम्परागत गेरुवा वस्त्र धारण गरेर प्रधानमन्त्री प्रचण्डद्वारा गरिएको दर्शन, उपहार स्वरूप पाइएको मुर्रा राँगो र नवनिर्मित भारतीय संसद भवनमा राखिएको भित्ते चित्र (mural)। यस चित्रबाट नेपालका स्वघोषित राष्ट्रवादी आहत भएको देखिन्छ। सरकारलाई सो बारे कूटनीतिक नोट पठाउन बारम्बार दबाब दिन पनि लागि परेका छन्। तर भारतीय संसदमा राखिएको भित्ते चित्रमा कहीं पनि नलेखिएको ‘अखण्ड भारत’ बारे परराष्ट्र मन्त्रालयले के भनेर नोट पठाउने होला भनेर गम्भीर राजनीतिक प्रश्न उठ्न सक्छ।
सरकारलाई अखण्ड भारतको चित्रको विषयमा कूटनीतिक नोट पठाउन बारम्बार दबाब परेको छ। भारतीय संसदमा राखिएको भित्ते चित्रमा कहीं पनि नलेखिएको ‘अखण्ड भारत’बारे परराष्ट्र मन्त्रालयले के भनेर नोट पठाउने होला भनेर गम्भीर राजनीतिक प्रश्न उठ्न सक्छ।
यसबारे भारतीय परराष्ट्रमन्त्रीलाई पत्रकारबाट सोधिएको जिज्ञासामा उक्त चित्र सम्राट अशोकको कालखण्डमा रहेका जनपदहरू प्रदर्शित गरिएको सांस्कृतिक विषय भनेर प्रष्टिकरण गरिदिए। सँगसँगै नेपाल र बंगलादेश लाई सो बारे चित्तबुझ्दो जवाफ पनि दिइसकेका बताएर उक्त बारे पाकिस्तानलाई सोध्ने अधिकार नरहेको समेत भनेका थिए। नेपालको प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री स्तरमा उक्त विषयलाई प्रष्ट गरिसकेपछि त्यसलाई चियाकपको तुफान बनाउनु हास्यास्पद थियो। तर अझै पनि कतिपयको बुझपचाइ जारी छ।
आरएसएसको अखण्ड भारतबाट तर्सिएर हो भने उसको नक्सालाई राम्रोसँग हेर्नु र बुझ्नु ठिक हुनेछ। धेरै विगततिर नजाने हो भने पनि सन् १८५७ को सिपाही विद्रोहपछि भारतमा रहेका ब्रिटिश प्रशासनिक अधिकारी तत्कालीन सदरमुकाम कलकत्तामा आफ्नो कार्यालयमा बस्दै गर्दा प्रोटोकल अनुसार पछाडीको पर्खालमा राखिएको नक्सालाई ‘इण्डिया’ भनेर सम्बोधन गर्थे। वास्तवमा, आजको भारत सीमित भूभाग भएको देश हो। जुनकुनै समय धेरै ठूलो थियो। यसको सीमा कश्मीरदेखि कन्याकुमारी र असमदेखि गुजरातसम्म मात्र सीमित नभई अहिलेका अफगानिस्तान, पाकिस्तान, तिब्बत, भुटान, म्यानमार, बंगलादेश, श्रीलंका, मलेसिया, फिलिपिन्स, थाइल्यान्ड, भियतनाम, कम्बोडिया, इन्डोनेसियादेखि लाओस, इरान, ताजिकिस्तान, किर्गिस्तान, कजाकिस्तान लगायतका देश आउने गरेका थिए। जसलाई ‘अखण्ड भारत’ भनेर परिभाषित गरिन्छ।
विद्रोहपछि जग हल्लिएको ब्रिटिश साम्राज्यले सन् १८५७ सम्म भारतकै एक हिस्साको रुपमा परिचित यस ठूलो भूभागलाई एउटै केन्द्रबाट औपनिवेशिक शासन प्रणालीमार्फत सञ्चालित गर्न सम्भव नहुने महसुस गरे। यतिमात्र नभई कालान्तरमा पनि भारतवर्षलाई पुनः अखण्ड बन्न नदिन विभाजन र राज्य गर्ने (divide and rule) नीति अवलम्बन गर्दै साना साना धेरै टुक्रामा विभाजित गरिएको दाबीसमेत छ। जसअनुसार सन १८५७–१९४७ सम्म भारतबाट धेरै टुक्राहरु विभाजित गर्दै सातवटा नयाँ देशहरु बनाइयो। विगत २५ सय वर्षमा सबैभन्दा पछिल्लो अर्थात् भारतको २४औँ विभाजन मार्फत सन् १९४७ मा पाकिस्तान बनेको बताइन्छ।
तत्कालीन कलकत्ता प्रेसिडेन्सीमा राखिएको उक्त नक्सा अनुसार सन् १८५७ को क्रान्तिको समयमा भारतको क्षेत्रफल करिब ८३ लाख वर्ग किलोमिटर थियो, जुन आज घटेर ३३ लाख वर्ग किलोमिटर मात्र कायम रहेको देखिन्छ। विश्वको सबैभन्दा ठूलो सामाजिक संस्था आरएसएस मुख्यालयमा राखिएको ‘अखण्ड भारत’ भनेर परिकल्पित नक्सालाई अहिलेको भारतीय संसदमा रहेको भित्ते चित्रसँग तालमेल गर्नु अपरिपक्व र सतही टिप्पणी मानिनेछ।
सन् १८५७ को सिपाही विद्रोहपछि भारतमा रहेका ब्रिटिश प्रशासनिक अधिकारी तत्कालीन सदरमुकाम कलकत्तामा आफ्नो कार्यालयमा बस्दै गर्दा प्रोटोकल अनुसार पछाडीको पर्खालमा राखिएको नक्सालाई ‘इण्डिया’ भनेर सम्बोधन गर्थे।
मुर्रा राँगो वास्तवमा नेपालको माग थियो। पूर्व कृषि मन्त्री जयप्रकाश गुप्ताद्वारा यसबारे आफ्नो फेसबुक वालमा पोस्ट गरेर विस्तृत जानकारी गराएका छन्। जसअनुसार आफू कृषि मन्त्री रहँदा समकक्षी भारतीय मन्त्री शरद पवारलाई उक्त राँगो उपलब्ध गराउन आग्रह गरिएको बताएका छन्। उन्नत ब्रीड रहेको सो मुर्रा राँगाको प्रजननबाट नेपालका भैंसीको दूध उत्पादनमा गुणात्मक वृद्धि हुने तथ्यलाई मनन गरेर सो निर्णय गरिएको मन्त्री गुप्ताले उल्लेख गरेका छन्। पछि औपचारिक रूपबाट तत्कालीन एमाले सरकारको कृषि मन्त्री घनश्याम भुसालद्वारा माग भए अनुसार भारतबाट राँगो उपहार स्वरूप दिइएको छ। प्रक्रियागत कारणले मात्र सोको हस्तान्तरण प्रधानमन्त्री प्रचण्डको भ्रमणकालमा पर्न गएको हो। तर राँगो प्रकरण बारे प्रबुद्धहरूबाट गरिएको उत्पात टिप्पणी र संसदभित्र देखाइएको तातोपन वास्तवमा कति सान्दर्भिक थिए त्यसबारे समयअनुसार परिचर्चा हुने नै छ। सम्भवतः यही विडम्बनाबाट खिन्न भएर पूर्व मन्त्री जेपी गुप्ताले मुर्रा राँगोलाई ‘अभागी’ सम्बोधन गरेका छन्।
यसैगरी भारत भ्रमणको क्रममा प्रधानमन्त्री प्रचण्डबाट महाकालेश्वर शिवलिंग पुजन गरिएको छ। जसबारे विभिन्न टिप्पणी र कटाक्ष आएको देखिन्छ। द्वादश ज्योतिर्लिङ्गमा एक महाकालेश्वर मन्दिर भारतको मध्यप्रदेश राज्यमा पर्ने उज्जैन नगरमा अवस्थित छ। स्वयंभू र दक्षिणमुखी भएको कारणबाट महाकालेश्वर महादेवको अत्यन्त पुण्यदायी महत्त्व छ र यस्को दर्शनबाट मोक्ष प्राप्ति हुने जनविश्वास रहिआएको छ। भगवान शिवका प्रमुख मन्दिर बारे विभिन्न पुराण, महाभारत र महाकवि कालिदासको काव्य रचनामा समेत मनोरम वर्णन गरिएको पाइन्छ।
तत्कालीन कलकत्ता प्रेसिडेन्सीमा राखिएको उक्त नक्सा अनुसार सन् १८५७ को क्रान्तिको समयमा भारतको क्षेत्रफल करिब ८३ लाख वर्ग किलोमिटर थियो, जुन आज घटेर ३३ लाख वर्ग किलोमिटर मात्र कायम रहेको देखिन्छ।
महाकवि कालिदासको महाकाव्य ‘मेघदूत’ मा कविद्वारा आषाढ महिनामा उत्तर दिशातर्फ अग्रसर बादल अर्थात ‘मेघ’लाई आफ्नो दूत बनाएर उज्जयिनीदेखि तत्कालीन कान्तिपुरी (काठमाडौं) नगरीसम्मको यात्रा वर्णित छ।
आफ्नो भारत भ्रमणको तेस्रो दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट उज्जैनस्थित महाकालेश्वर मन्दिरमा ज्योतिर्लिङ्ग भगवान शिवको दर्शन र पूजन गर्ने कार्यक्रम रहेको थियो। उक्त अवसरमा प्रधानमन्त्री दाहालले नेपालबाटै ल्याइएको १०८ किलो रूद्राक्षको माला समेत चढाएको विषय पनि चर्चित भयो। प्रचण्डको यो आध्यात्मिक जागरण विशेषतः वाम पृष्ठभूमि भएका नेता, बुद्धिजीवी तथा पश्चिमाहरूबाट परिचालित रहेको आरोप खेप्दै आएका कलमजीवीबाट आलोचित रह्यो।
भारत भ्रमण सकेर फर्किएर काठमाडौं विमानस्थलमा जवाफ दिँदै प्रचण्डले आफूलाई वास्तविक धर्मनिरपेक्ष रहेको बताउँदै क्रस समातेर चर्च जाँदा, मस्जिदमा मुस्लिम टोपी ९(कुफी) लगाउँदा र बुद्धिष्ट गुम्बाभित्र परम्परागत पद्धतिअनुसार व्यवहार गर्दा कुनै चर्चा नहुने तर हिन्दु हुँदाहुँदै आफ्नै धार्मिक परम्परालाई अनुसरण गर्दा यतिसम्म विवाद गर्नुको कारण नरहेको प्रष्ट पारेका छन्।
प्रचण्डको यो आध्यात्मिक जागरण विशेषतः वाम पृष्ठभूमि भएका नेता, बुद्धिजीवी तथा पश्चिमाहरूबाट परिचालित रहेको आरोप खेप्दै आएका कलमजीवीबाट आलोचित रह्यो।
कतिपयले महाकालेश्वर मन्दिर जाने प्रचण्डले आफ्नै पशुपतिनाथ दर्शन नगरेको आरोपसमेत लगाउन भ्याए। तर गत शनिबार मन्त्रीहरूसहित प्रधानमन्त्री प्रचण्डले भगवान पशुपतिनाथको दर्शन गरेका छन्। उनको यस कार्यक्रमलाई टिप्पणी गर्दै आफ्नो बुझाई अनुसार प्रतिक्रिया पनि व्यक्त भइरहेको देखिन्छ। हुनत नेताहरूले सोचेर बोल्नुपर्छ। किनभने त्यसबारे पछिसम्म सार्वजनिक हिसाबकिताब भइरहने गर्दछ। प्रचण्डलाई अहिले ब्यहोर्नु परेको त्यही हो। तर पनि यदि डाँका अङ्गुलीमालको चरित्र परिवर्तन भएर रामायण रचनाकार वाल्मीकी हुनसक्छ भने अरूलाई सोहीअनुरूपको अवसरबाट वञ्चित किन गर्नुपर्ने।
अखण्ड भारत भनेर नेपालभित्र परिभाषित भित्ते चित्रलाई उक्त नामकरण गर्नुको कुनै तर्क छैन। तर मेयर बालेन्द्रले महानगरपालिका कार्यालयमा झुण्डाएको औपचारिक नामकरणसहितको ग्रेटर नेपालको नक्सा बारे तथ्य गत हुँदा प्रभावकारी हुनेछ।
नेपालको सामाजिक संरचनाले राजनीतिक क्षेत्रलाई संस्थागत भन्दा पनि वैयक्तिक रुपबाट लिने गरेको देखिन्छ। सरकार स्तरबाट भएको पत्राचार वा व्यवहारलाई परराष्ट्र तहमा व्यक्तिगत नभई संस्थागत मानिन्छ र सोहीअनुरूप पारस्परिक आदानप्रदान हुनेगर्दछ। त्यसैले कसको पालाबाट मुर्रा राँगो मागिएको र कसलाई प्रदान गरिएको भन्ने विषय महत्वपूर्ण हुँदैन।
अखण्ड भारत भनेर नेपालभित्र परिभाषित भित्ते चित्रलाई उक्त नामकरण गर्नुको कुनै तर्क छैन। तर मेयर बालेन्द्रले महानगरपालिका कार्यालयमा झुण्डाएको औपचारिक नामकरणसहितको ग्रेटर नेपालको नक्सा बारे तथ्य गत हुँदा प्रभावकारी हुनेछ। जसअनुसार एउटा सानो जिज्ञासा। ‘ग्रेटर नेपाल’को भूभाग मात्र हाम्रो हुनेछ वा त्यहाँका बासिन्दा समेत ? यो गम्भीर सवाल छ।
काठमाडौं महानगरका प्रमुख बालेन्द्र साहको कार्यकक्षमा राखिएको ग्रेटर नेपालको नक्सा ।