काठमाडौँ– कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारको मूल्यसूची सार्वजनिक गरेको छ ।
जसअनुसार लोकल गाँजरको प्रतिकेजी न्यूनतम मूल्य ११०, मटरकोशा प्रतिकेजी मूल्य १८०, कुरीलो प्रतिकेजी २५०, काउली स्थानीय प्रतिकेजी मूल्य ५०, आलु रातो ३८ कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३०० रुपैयाँ ,ब्रोकाउली ८०, कागती १६० रुपैयाँ, चमसूरको साग रू १००, न्यूरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ ,लोकल काक्रो ८०, अदुवा प्रतिकेजी २४० रहेको समितिले जनाएको छ ।
समितिका अनुसार तरबुजा प्रतिकेजी ४०, अनार ३८० रुपैयाँ, किवि ५०० रुपैयाँ, हरियो खुर्सानी अकबरे १५० रुपैयाँ, रहु माछा ३१५, ताजा माछा (मुंगरी) ३२० रुपैयाँ कायम भई खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।