सांकेतिक तस्बिर

देश/प्रदेश

त्रिभुवन विमानस्थलबाट जर्मन नागरिक ६ किलो चरेससहित पक्राउ

By खबरहब

June 12, 2023

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना जर्मन नागरिक ६ किलोभन्दा बढी लागूऔैषध चरेससहित पक्राउ परेका छन् ।

सोमबार टर्किस एयरलाइन्सबाट इस्तनाबुल हुँदै स्टुटगार्ट जान लागेका ६३ वर्षीय जर्मन नागरिक पल रिस्टलाई विमानस्थलमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

उनले सुटकेसमा कार्बन पेपरले बेरेर चरेस लुकाएका थिए । विमानस्थल प्रहरीले जाँच गर्ने क्रममा उनको सुटकेसमा कार्बन पेपरले बेरेर चरेस लुकाएको पत्ता लागेको हो । यसपछि चरेससहित उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

विमानस्थल प्रहरीले पक्राउ परेका ती जर्मन नागरिकतालाई लागूऔषध नियन्त्रण ब्युरोको जिम्मा लगाएको छ ।