देश/प्रदेश

माग पूरा नभए असार २ गतेदेखि विद्यालय बन्द गर्न आन्दोलनरत कर्मचारीको चेतावनी

By खबरहब

June 12, 2023

काठमाडौँ- विभिन्न माग राख्दै आन्दोलनरत सामुदायिक विद्यालयका कर्मचारीले आफ्ना माग पूरा नभए असार २ गतेदेखि विद्यालय नै बन्द गर्ने चेतावनी दिएका छन् ।

काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका कर्मचारीले असार १ गतेसम्ममा आफूहरुको माग पूरा नभए असार २ गतेदेखि विद्यालय नै बन्द गर्ने चेतावनी दिएका हुन् ।

न्यूनतम पारिश्रमिकसहित संघीय शिक्षा ऐन जारी गर्नुपर्ने र शिक्षकहरूको सेवा सुविधा बढाउनुपर्ने माग राखेर रिले अनशन थालेका कर्मचारीले सरकारलाई विद्यालय नै बन्द गर्ने चेतावनी दिएका हुन् ।

सोमबारदेखि काठमाडौंको भद्रकालीमा नेपाल विद्यालय कर्मचारी परिषद् संघर्ष समितिमा आबद्ध कर्मचारीले रिले अनशन सुरु गरेका छन् ।