फाइल फोटो

ब्रेकिङ स्टोरी

प्रतिनिधिसभामा दुई विधेयक प्रस्तुत

By खबरहब

June 12, 2023

काठमाडौँ- प्रतिनिधिसभामा दुई विधेयक प्रस्तुत भएका छन् । प्रतिनिधिसभाको बैठकमा ‘विनियोजन विधेयक, २०८०’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ प्रस्तुत भएका हुन् ।

सभाको आजको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले उक्त दुवै विधेयक प्रस्तुत गरेका हुन् । दुवै विधेयक प्रस्तुत गर्नुअघि सांसद प्रेम सुवालले राखेको विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथिको विरोधको सूचनालाई बैठकको बहुमतले अस्वीकृत गरेको थियो ।

प्रतिनिधिसभाको बैठक आजै १५ मिनेटपछि बस्ने गरी स्थगित गरिएको छ ।