सांकेतिक तस्बिर

देश/प्रदेश

दार्चुलामा यार्सागुम्बा संकलन गरी घर फर्किँदै गरेकी बालिकाको हिउँमा चिप्लिएर मृत्यु

By खबरहब

June 12, 2023

काठमाडौँ- दार्चुलामा यार्सागुम्बा संकलन गरी घर फर्किने क्रममा एक बालिकाको हिउँमा चिप्लिएर मृत्यु भएको छ । यार्सा संकलन गरी परिवारका सदस्यसहित घर फर्किने क्रममा बालिकाको मृत्यु भएको हो ।

जिल्लाको खलंगास्थित महेन्द्र नमूना माध्यमिक विद्यालयमा ६ कक्षामा अध्ययनरत १४ वर्षीया आरती कार्कीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको हो । व्यास गाउँपालिकाको हुमदुम्तीमा हिउँमा चिप्लिएर घाइते भएकी बालिकाको परिवारका सदस्यले उपचारका लागि दार्चुला जिल्ला अस्पतालमा भर्ना गरेका थिए ।

जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि उनलाई भारतको हल्द्वानी रेफर गरिएको थियो । त्यहाँ लैजादै गर्दा बालिकाको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी निरीक्षक ज्ञानेन्द्र सिंहले बताए ।