देश/प्रदेश

प्यूठानमा कार दुर्घटना हुँदा ८ जनाको मृत्यु

By खबरहब

June 12, 2023

काठमाडौँ- प्यूठानमा कार दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।

स्वर्गद्वारी मन्दिरबाट फर्किँदै गरेका तीर्थयात्री बोकेको लु १ च ६३४५ नम्बरको कार भिङ्ग्रीमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उक्त कारमा चार बालबालिका, दुई पुरुष र दुई महिला सवार थिए ।

दुर्घटनामा परी गम्भीर घाइते भएका उनीहरुलाई जिल्ला अस्पताल लगिएको र चिकित्सकले उनीहरुलाई मृत घोषित गरेको प्रहरीले जनाएको छ ।