प्रतिकात्मक तस्वीर ।

देश/प्रदेश

बाँकेको मानखोलामा डुबेर दुई जनाको मृत्यु

By खबरहब

June 12, 2023

काठमाडौँ- बाँकेको खजुरा गाउँपालिकास्थित मानखोलामा डुबेर दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी निरीक्षक सुजनविक्रम शाहले खजुरा गाउँपालिका–६ की १७ वर्षीया लक्ष्मी डाँगी र उक्त गाउँपालिकाका सात वर्षीय किरण नेपालीको मृत्यु भएको जानकारी दिए ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दुवै जनाको पौडी खेल्ने क्रममा मृत्यु भएको थियो ।