देश/प्रदेश

प्रधानमन्त्री दाहालकी पत्नी सीताको अवस्था गम्भीर, नर्भिक अस्पतालमा उपचार हुँदै 

By खबरहब

July 12, 2023

काठमाडौँ– प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहाललाई अस्पताल भर्ना गरिएको छ ।

लामो समयदेखि अस्वस्थ उनको स्वास्थ्य अवस्था गम्भीर बनेपछि गएराति थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो । अर्धअचेत अवस्थामा रहेकी दाहालको स्वास्थ्यमा कुनै सुधार नआएको बताइएको छ ।

प्रधानमन्त्री दाहाललगायत माओवादी केन्द्रका मन्त्री तथा नेताहरू अहिले नर्भिक अस्पतालमा भेला भएका छन् । 

प्रधानमन्त्री पत्नी सीता लामो समयदेखि जटिल प्रकारको रोग प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी) बाट पीडित छिन् । चिकित्सकअनुसार यो पूर्ण रूपमा निको नहुने र रोकथाम मात्र गर्न सकिने रोग हो । यो रोग निकै कम मानिसमा देखिने गर्दछ ।

सीता दाहालको स्वास्थ्य अवस्थाबारे बिहान साढे ९ बजे नर्भिक अस्पतालले बुलेटिन जारी गरेर जानकारी दिने बताइएको छ ।