राजनीति

कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

By खबरहब

July 12, 2023

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित भएको छ ।

आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनपछि स्थगित गरिएको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए।

अघिल्लो बैठक बसेको ठिक एक वर्षपछि बस्न लागेको बैठकमा यसबीचमा भएका निर्णयहरू अनुमोदन गराउनेदेखि भ्रातृ संगठन सबन्धी निर्णय र विस्तारका बारेमा पुनर्विचार गर्ने एजेण्डा रहेका थिए ।

यसअघिको केन्द्रीय समिति बैठक २०७९ साल असार २७ देखि साउन २ गतेसम्म भएको थियो ।

प्रचार विभाग प्रमुख विश्वकर्माका अनुसार केन्द्रीय समितिको बैठक साउन २ गतेदेखि बस्नेछ ।