राजनीति

स्वास्थ्यमन्त्री बस्नेतसँग बेलायती कार्यवाहक राजदूतको भेट

By खबरहब

July 12, 2023

काठमाडौँ– नेपालका लागि बेलायती कार्यवाहक राजदूत पिप्पा बर्डले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतसँग शिष्टाचार भेटवार्ता गरेकी छन् ।

आज स्वास्थ्य मन्त्रालयमा भएको भेटवार्तामा स्वास्थ्य क्षेत्रमा भएका दुईपक्षीय सहयोग र सम्झौताका विषयमा कुराकानी भएको थियो । 

भेटका क्रममा मन्त्री बस्नेतले बेलायत सरकारले नेपालको स्वास्थ्य क्षेत्रको विकासमा सहयोग गर्दै आएको र आगामी दिनमा पनि निरन्तर सहयोग रहने अपेक्षा गरेको बताए ।

सो अवसरमा कार्यवाहक राजदूत बर्डले नेपाल र बेलायतबीच पुरानो दौत्यसम्बन्ध भएको बताउँदै नेपालको स्वास्थ्य क्षेत्र सुदृढीकरण गर्दै स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिमा सहयोग गर्न बेलायत सरकार प्रतिबद्ध रहेको प्रतिवद्धता व्यक्त गरिन् ।