सांकेतिक तस्वीर

अन्तर्राष्ट्रिय

बङ्गलादेशमा डेंगुबाट एकै दिन सात जनाको मृत्यु

By खबरहब

July 12, 2023

ढाका- बङ्गलादेशमा डेंगुबाट एकै दिन सात जनाको मृत्यु भएको छ । मृतकको यो सङ्ख्या अहिलेसम्मको सबैभन्दा बढी हो ।

मङ्गलबार सबैभन्दा बढी एक हजार ५४ जना डेंगुका नयाँ बिरामी दर्ता भएका तथा  थप सात जनाको मृत्यु भएको स्वास्थ्य सेवा महानिर्देशनालयले बुधबार जनाएको छ । यो सङ्ख्या यस वर्षको जनवरी यता एकै दिनमा सबैभन्दा धेरै हो ।

हाल डेंगु सङ्क्रमितको सङ्ख्या १४ हजार आठ सय ९७ पुगेको तथा ८३ जनाले ज्यान गुमाएका  महानिर्देशनालयले बताएको छ । यो वर्ष डेंगु सङ्क्रमितमध्ये ११ हजार पाँच सय ११ जनाले स्वास्थ्य लाभ गरेका छन् ।

यो महिनामा मात्रै थप छ हजार नौ सय १९ जना डेंगुका नयाँ सङ्क्रमित फेला परेका तथा ३६ जनाको मृत्यु भएको बताउँदै महानिर्देशनालयले पुगेको लामखुट्टेको टोकाइबाट सर्ने यो रोगबाट बच्न आवश्यक उपाय अपनाउन सर्वसाधारणमा आग्रह गरेको छ ।