राजनीति

जातीय विभेदविरुद्ध माइतीघरमा प्रदर्शन

By खबरहब

July 12, 2023

काठमाडौँ- जातीय विभेदविरुद्ध काठमाडौँको माइतीघरमा प्रदर्शन गरिएको छ । जातीय विभेदका कारण हुने हिंसाजन्य घटना श्रृखलाबद्ध रुपमा बढ्दै गएको भन्दै प्रदर्शन गरिएको हो ।

जात व्यवस्था उन्मूलन मोर्चा नेपालले जात व्यवस्थाका कारण घटेका श्रृंखलाबद्ध घटनाविरुद्ध बुधबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेको हो ।

जुम्लामा अन्तरजातीय विवाह गरेको भन्दै घर जलाइएको, दाङमा जातकै कारण डेराबाट निकालिएको लगायतका प्रतिनिधिमूलक घटनाका साथै देशभर भएका जातीय विभेदविरुद्ध खबरदारी गरेको मोर्चाले जनाएको छ ।

प्रदर्शनमा सहभागीहरुले लडौं जात व्यवस्था विरुद्धको फाइनल म्याच, अपराधीलाई कारवाही गर, मलाई विभेद स्वीकार्य छैन, षडयन्त्रकारी प्रहरी प्रशासन र अदालत मुर्दावादलगायतका नारा लगाएका थिए ।

उनीहरुले जातीय विभेदका कारण हिंसाजन्य घटनामा पीडितलाई छिटो न्याय र पीडकलाई कडा कारवाही गर्नुपर्ने माग राखेका छन् ।