मनोरञ्जन

अभिनेत्री शाहविरुद्धको मुद्दामा दाबी नपुग्ने अदालतको फैसला

By खबरहब

July 12, 2023

काठमाडौँ – चलचित्र विकास बोर्डका अध्यक्ष तथा अभिनेता भुवन केसीले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहविरूद्ध दर्ता गरेको मुद्धामा दाबी नपुग्ने अदालतले फैसला सुनाएको छ । बुधबार मुद्दाको सुनुवाइ न्यायाधीश वासुदेव पौडेलको इजलासले यस्तो फैसला सुनाएको हो ।

अभिनेत्री शाहविरूद्ध अध्यक्ष केसीले काठमाडौं जिल्ला अदालत २०७७ साउन ९ गते गाली–बेइज्जती मुद्दा दर्ता गरेका थिए ।

तीन वर्षअघि भुवन र साम्राज्ञीबीच सामाजिक सञ्जाल र सञ्जारमाध्यममा आरोप–प्रत्यारोप चलेको थियो। साम्राज्ञीले भुवनले आफूलाई शोषण र दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन्। बलिउडका दिवंगत अभिनेता सुशान्तसिंह राजपुतको निधनको पृष्ठभूमिमा चलेको नेपोटिज्मको बहसमा साम्राज्ञी र भुवनको यस्तो विवाद चर्किएको थियो ।