ब्रेकिङ स्टोरी

बल्छी ध्रुवे, राजु मास्टरसहितका कलाकारलाई धरौटीमा छाड्न आदेश

By खबरहब

July 12, 2023

काठमाडौँ – वान एक्स बेटको प्रचार गरेको आरोपमा पक्राउ परेका कलाकारहरुलाई पाँच हजार धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

कलाकारहरु मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे), राजु पौडेल (राजु मास्टर), पवन खतिवडा (म्याकुरी) सहितका ८ जना कलाकारहरुलाई जनही पाँच हजार रुपैयाँ धरौटी माग गरिएको छ ।

साथै अदालतले दिनेश खड्कासँग १० लाख र अनिता धितालसँग ५ लाख रुपैयाँ धरौटी माग गरेको छ । खड्का र धिताल वान एक्स बेटको प्रचार गर्न एजेन्टको रुपमा काम गरेका थिए ।

सट्टेबाजीको प्रचार गरेको अभियोगमा पक्राउ परेका उनीहरुलाई अदालतको आदेशसँगै छाडिएको छ ।