अन्तर्राष्ट्रिय

इराकमाथि टर्कीको ड्रोन आक्रमण, तीनजनाको मृत्यु

By खबरहब

August 12, 2023

इस्तानबुल– टर्कीले इराकमा ड्रोन आक्रमण गरेको छ । इराकी एन्टी टेररिज्म स्क्वाडले यसको पुष्टि गरेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार इराकी आतंकवाद विरोधी सेवाका एक अधिकारीले टर्कीले शुक्रबार कुर्दिस्तानमा ड्रोन आक्रमण गरेको बताएका छन् ।

आक्रमणमा कुर्दिस्तान वर्कर्स पार्टीका एक वरिष्ठ सदस्यसहित तीन जनाको मृत्यु भएको छ । उत्तरी इराकमा कुर्द लडाकूविरुद्ध यो हप्ता पाँचौँ ड्रोन हमला हो।