देश/प्रदेश

काठमाडौँ, ललितपुर, भक्तपुर र सिन्धुपाल्चोकमा बाढीको उच्च जोखिम

By खबरहब

August 12, 2023

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले आज काठमाडौँ, भक्तपुर, ललितपुर र सिन्धुपाल्चोकमा बाढीको उच्च जोखिम रहेको जनाएको छ ।

महाशाखाले यी जिल्लामा बाढीको उच्च जोखिम रहेकाले सतर्कता अपनाउन सम्बन्धित क्षेत्रका बासिन्दालाई सुझाव दिएको छ।

यस्तै, आज इलाम, झापा, संखुवासभा, भोजपुर, दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, रौतहट, पर्सा, बारा, चितवनमा पनि बाढीको जोखिम रहेको छ ।

यस्तै, महाशाखाले नुवाकोट, रसुवा, धादिङ, गोरखा, लमजुङ, तनहुँ, रुकुमपूर्व, रुकुमपश्चिम, जाजरकोट, सल्यान, सुर्खेत, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र डडेल्धुरामा बाढीको मध्यम जोखिमको सम्भावना रहेको जनाएको छ ।