तस्विर- पीटीआई

अन्तर्राष्ट्रिय

आम आदमी पार्टीका राज्यसभा सदस्य चड्डा निलम्बित

By खबरहब

August 12, 2023

काठमाडौँ– भारतको आम आदमी पार्टीका राज्यसभा सदस्य राघव चड्डा पनि निलम्बित भएका छन् । सांसदको हस्ताक्षर किर्ते गरेको आरोपमा सांसद चड्डालाई राज्यसभाबाट निलम्बित गरिएको हो ।

विशेषाधिकार समितिको प्रतिवेदन नआउन्जेलसम्मका लागि उनी निलम्बित रहने भारतीय मिडियाहरूले जनाएका छन् । 

यसअघि आम आदमी पार्टीकै सांसद सञ्जय सिंहलाई पनि राज्यसभाबाट निलम्बित गरिएको थियो ।