राष्ट्रपति रामचन्द्र पौडेल । फाइल तस्बिर

देश/प्रदेश

नेम्वाङको निधनले स्तब्ध बनाएको छ : राष्ट्रपति पौडेल

By खबरहब

September 12, 2023

काठमाडौं, भदौ २६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनको खबरले आफूलाई स्तब्ध बनाएको बताएका छन् ।

नेम्वाङको निधनले आफूलाई मर्माहत र स्तब्ध बनाएको उनले ट्वीटमार्फत् बताएका हुन् । मंगलबार बिहानै हृदयघातका कारण नेम्वाङको निधन भएको हो ।

पौडेलले ट्वीटमा भनेका छन्, ‘संविधानसभा अध्यक्ष सुवास नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध बनाएको छ ।’

उनले नेम्वाङप्रति श्रद्धाञ्जली प्रकट गर्दै परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । ट्वीटमा थप भनिएको छ, ‘दुःखको यस घडीमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै नेम्वाङ परिवार, गणतन्त्र पक्षधर तथा उहाँको पार्टीप्रति गहिरो समवेदना प्रकट गर्दछु ।’