सुवासचन्द्र नेम्वाङको निधन लगत्तै अस्पताल पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल, ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, नेकपा (एमाले) अध्यक्ष केपी ओलीलगायत शीर्ष नेता । तस्बिरः राजन काफ्ले

ब्रेकिङ स्टोरी

नेम्वाङको निधन लगत्तै प्रधानमन्त्री, सभामुख र शीर्ष नेता अस्पतालमा

By खबरहब

September 12, 2023

काठमाडौं – संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनको खबर पाए लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल, ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष नेता अस्पताल पुगेका छन् ।

उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लानेक्रममा केहीबेरअघि नेम्वाङको निधन भएपछि शीर्ष नेता अस्पताल पुगेका हुन् ।

नेम्वाङका श्रीमती, दुई छोरा र दुई छोरी छन् । २००९ साल फागुन २८ गते मा इलामको सुन्तलाबारीमा जन्मिएका नेम्वाङ सरल र बौद्धिक राजनीतिज्ञका रुपमा परिचित थिए ।