राजनीति

नेम्वाङको निधनमा कांग्रेस सभापति देउवाद्वारा दुःख व्यक्त

By खबरहब

September 12, 2023

काठमाडौँ– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधानसभा अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध भएको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले नेम्वाङको निधनले स्तब्ध भएको उल्लेख गर्दै आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।