अन्तर्राष्ट्रिय

भूकम्पको पीडामा छटपटाएको मोरक्को

By मनोज घिमिरे

September 12, 2023

तावेघावटेका बासिन्दाको हृदय विदारक र मर्मस्पर्शी व्यथा भटाभट देखिन थालेका छन्। भूकम्पका कारण क्षतविक्षत त्यस स्थानमा पुग्ने जो कोहीको पनि मन रुन्छ।

यो गाउँका केही बासिन्दा अस्पतालमा या घरमा नै मरेका छन्। त्यहाँ पुरिएका घरमा कोही पनि बचेका छैनन्। त्यहाँ सबै घरहरू माटो र ढुङ्गाले बनेका थिए।

भूकम्पबाट बच्नका लागि त्यहाँ कुनै मापदण्ड थिएन। २०० जना त्यहाँ बसोबास गर्नेमध्ये ९० जना मृत अवस्थामा भेटिएका छन्। अन्यको अत्तोपत्तो छैन। ‘तिनीहरू बाच्ने कुनै सम्भावना नै छैन। उनीहरू निस्कने कुनै ठाउँ नै छैन,’ उद्धार कार्यमा संलग्न होसनेले भने।

होसेनले त्यही जाने एउटा साँघुरो द्वारमा थिचिएका काकाको पनि ज्यान गएको बताए। शव त भेटिएको छैन। तथापि उनलाई काका जीवित भएको कुरामा कुनै आशा नै छैन। यिनीहरूलाई यहाँबाट निकाल्नका लागि कुनै उपकरण नै छैन।

पीडितले अबको सबै काम गर्ने समय सरकारको भएको बताएका छन्। सरकारसँग गुहार माग्दै उनले भनेका छन्। अहिले सबै कुरा ढिला भइसकेको बताउँदै मोरक्कोका अधिकारीहरूको बेवास्तामा आश्चर्य व्यक्त गरेका छन्। उनले अन्तर्राष्ट्रिय सहयोगको समेत अपेक्षा गरेका छन्। त्यस समुदाय नै अहिले एउटै पीडामा छटपटाएको छ भने अन्यत्रको खासै चासो नै छैन।

त्यहाँ पीडामा छटपटाएका एक व्यक्ति पनि भेटिन्छन्। आफ्नै श्रीमती र तीन सन्तान गुमाउने उनको नाम अब्दाउ रहमान हो। ‘हाम्रो घर उ त्यहाँ थियो। अबको घरको स्थानमा ढुङ्गा र माटोको थुप्रो मात्र छ,’ दुःखी हुँदै उनले भने। सेतो ब्लान्केट र फर्निचर पनि परबाट नै देख्न सकिन्छ। भूकम्पले प्रहार गर्दा घरभन्दा पर तीन किलोमिटर पर पेट्रोल स्टेसनमा उनी थिए।

उनी आफू काम गरीरहेको स्थानबाट भूकम्प आएपछि बच्चालाई जोगाउन कुदेका थिए। तर उनको प्रयासले केही सार्थक रूप लिएन। ‘मैले हिजो मात्र उनीहरूको अन्त्येष्टि गरेँ’, उनले भने।

तिनीहरू एक आपसमा अड्किएका थिए। उनीहरू भुइँचालो आएपछि भत्किएका थिए। गाउँलाई सहरसँग जोड्ने पर सडकमा पाल टाँगेर सयौँ जना बसेका छन्। अन्य थुप्रै गाउँका मानिस त्यहाँ आइपुगेका छन्। एक दिन अघि नै मोरक्कोको त्यस डरलाग्दो भुइँचालोले मर्नेको सङ्ख्या दुई हजार पाँच सय नाघी सकेको थियो। यो क्रम अझ धेरै हुन सक्छ। त्यो गाउँ लगायत अन्य धेरै गाउँ नै सखाप भएका छन्।

सिङ्गो परिवार गुमाएर एक जना मात्र बाच्नुको पीडा साँच्चै डरलाग्दो छ। त्यस्तै पीडा भोग्नुको जमात नै छ। एक जना १० वर्षीय बच्चा मलवेबाट उद्धार गरिएकी थिइन्। उनले आफ्नो सबै गुमाएकी छिन्। एटलास पहाडको सेरोफेरोमा अहिले रुवाबासी चलेको छ। यो रुवाबासी अझ धेरै दिनसम्म चल्ने छ।

बढ्दो सहरी विकासक्रम छाडेर केही समुदाय भिन्न हुन चाहेको छ। आफ्नै ढङ्गले परम्परागत रूपमा बस्न चाहने त्यस क्षेत्रका मानिसलाई अहिले बाहिरको संसारको सहयोग चाहिएको छ। त्यो पनि जत्ति सक्दो चाँडो। शुक्रबार गएको सो भूकम्पलाई ६० वर्ष यताकै सबैभन्दा ठुलो मानिन्छ। ६ दशमलव ८ रेक्टर स्केलको भूकम्पको कारण धेरै सडक ठप्प भए, घरहरू ढले। अस्पतालमा दबाब पनि त्यत्तिकै छ। म विश्व सम्पदा सुचीमा परि सकेको मोरक्कोका पुराना सहर ध्वस्त भएका छन्।

शनिवार मोरक्कोका राजा मोहम्मद छैटोले तीन दिन शोक मनाउने घोषण गरे। राज घरानाले सोही दिन ब्लड बैङ्क र सबै एम्बुलेन्सलाई तयार रहन भने पनि धेरै स्थानमा राहत र उद्धारका कार्य चुस्त रूपमा अघि बढ्न सकेनन्। कतिपय गाउँमा भूकम्प गएको एक घण्टासम्म कोही पनि पुग्न सकेका थिएनन्। ग्रामीण विकट ठाउँमा त्यो समस्या थियो।

यस्तै समस्याको सामना गरेको छ, अमिजमिजले। मार्केस उपत्यकाको पर पहाड मुनीको बाटो हुँदै ३५ किलो मिटर यात्रा गरे पछि त्यो स्थानमा पुगिन्छ।

जब कुनै चोकमा पुगिन्छ, सरकारले राहत स्वरूप दिएको बिछ्यौना ओछ्याएर लस्कर लागेर बसेका सयौं भेटिन्छन्। ६३ वर्षीय अब्दुलकरिम बाउरी आफूले सबै गुमाएको प्रतिक्रिया दिन्छन्। घरका सदस्य र घर पनि उनले गुमाइ सकेका छन्।

अमिजमिजका अर्का बासिन्दा उनलाई ओढ्ने नपुगेका कारण त्यसको व्यवस्थापन गर्न त्यहाँ पुगेका छन्। सरकारले गरेको सहयोग अपर्याप्त भएका कारण एउटाले अर्को व्यक्तिलाई सहयोग गरिरहेको उनले बताए।

त्यस गाउँमा पनि एक सय जनाको ज्यान गएको जनाइएको छ। बेलायत र मोरक्को सरकारले तत्कालै राहतको थप घोषणा गर्ने जनाएका छन्। स्पेन र कतारले पनि सहयोगका लागि चासो दिएका छन्। फ्रान्सेली राष्ट्रपति एमानुएल म्याक्रोनले पनि तत्कालै राहतको तयारी गर्ने बताइसकेका छन्।

यसै वर्षको सुरुवातमा भिषण भूकम्पको कारण धेरैको ज्यान गुमाएको टर्कीले पनि मोरक्कोलाई सहयोग गरेको छ। सोमबार र मंगलबार बिहानसम्म थिचिएका सबैको उद्धार हुनसकेको छैन। यसको असर एटलान्टीक तटीय सहर अगादरसम्म छ।

हाकीमा नामकी एक महिलाले रुँदै आफूले सर्वस्व गुमाएको बताएकी छिन्। च्यापिएर बचेकी उनका चार आफन्तले यो भूकम्पका कारण ज्यान गुमाएका छन्।

शुक्रबारदेखि यताका चार दिनमा थुप्रै घटना बाहिर आएका छन्। यस विषम प्राकृतिक विपत्तिपछि यसले ल्याएका थप पीडाका समाचार त अझ विस्तारै बाहिर आउँदै नै छन्। अहिले मोरक्कोको त्यस क्षेत्रले सिङ्गो संसारको साथ र सहयोग खोजी रहेको छ। स्रोतः बीबीसी