फाइल तस्वीर

ब्रेकिङ स्टोरी

एमाले सचिवालय बैठक बस्दै

By खबरहब

September 12, 2023

काठमाडौँ– नेकपा एमालेले आज सचिवालय बैठक बोलाएको छ ।

पार्टीका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधन भएपछि आकस्मिकरूपमा सचिवालय बैठक बस्न लागेको हो ।

सचिवालय बैठक बिहान ११ः०० बजे पार्टी मुख्यालय च्यासलमा बस्ने एमाले सचिव योगेश भट्टराईले जानकारी दिए ।

नेता नेम्वाङको गएराति हृदयघातका कारण निधन भएको थियो । उनको पार्थीव शरीर अहिले केहीबेरमा ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा श्रद्धाञ्जलिका लागि ल्याइँदै छ ।