ब्रेकिङ स्टोरी

स्व. नेम्वाङको अन्त्येष्टि बिहीबारमात्रै हुने

By खबरहब

September 12, 2023

काठमाडौँ- तत्कालीन संविधानसभाका सभाध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि बिहीबारमात्रै हुने भएको छ ।

एमालेले शोक विज्ञप्ति जारी गर्दै स्व नेम्वाङको बिहीबारमात्रै अन्त्येटि गरिने जानकारी दिएको हो । नेम्वाङका छोरा बुधबार अपरान्हमात्रै नेपाल आइपुग्ने भएकाले बिहीबार अन्त्येटि गरिने भएको हो ।

विज्ञप्तिमा उनको शव बुधबार १ बजेसम्म पार्टी कार्यालय च्यासलमा राखिने र त्यसपछि पारिवारिक एवम् धार्मिक संस्कारका लागि शव उनको निवास बालुवाटारमा राखिने जनाइएको छ । त्यसपछि राजकीय सम्मानका साथ बिहीबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ ।