देश/प्रदेश

ज्यान मार्ने धम्की दिएर पैसा असुल्ने कार्यमा संलग्न रहेको आरोपमा एक जना पक्राउ

By खबरहब

September 12, 2023

काठमाडौँ- धम्की दिएर पैसा असुल्ने कार्यमा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन् । ज्यान मार्ने धम्की दिएर पैसा असुलेको आरोपमा प्रहरीले काठमाडौँको काँडाघारीबाट ३३ वर्षीय सुरजकुमार श्रेष्ठलाई पक्राउ गरेको हो ।

उनले काँडाघारीमा घरजग्गा कारोबार तथा ड्राइभिङ सेन्टर सञ्चालन गर्ने कार्यालयमा पीडितलाई बोलाएर कुटपिट गरी धम्कीसमेत दिएर २० लाखको चेक र ८ लाख ५० हजारको कागज गर्न लगाएको प्रहरीले जनाएको छ ।

पीडितको उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले श्रेष्ठलाई पक्राउ गरेको हो ।

उनले यसअघि जबरजस्ती करणी मुद्दामा ५ वर्ष कैद भुक्तान गरी छुटेको साथै गुण्डागर्दीमा समेत संलग्न रहेको प्रहरीले जनाएको छ ।

उनलाई आपराधिक लाभ लिन नहुने कसुरमा अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । यस अपराधमा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।