फाइल तस्वीर

ब्रेकिङ स्टोरी

धरानका उपमेयर अइन्द्रविक्रम बेघाका भाइमाथि खुकुरी प्रहार

By खबरहब

September 12, 2023

धरान- धरान उपमहानगरपालिकाका उपमेयर आइन्द्र विक्रम बेघाका भाइमाथि खुकुरी प्रहार भएको छ । धरान १५ सुर्यवस्तीमा बेघाका भाइ विष्णुमाथि खुकुरी प्रहार भएको हो ।

विष्णुमाथि १५ देखि २० जनाको समूहमा आएका युवाले घरमै खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट बेघाको देब्रेपट्टीको गालामा चोट लागेको छ ।

धरान १५ मा रहेको उपमेयर बेघाको घरमै प्रवेश गरेर युवाहरूको समूहले भाइ विष्णुमाथि खुकुरी प्रहार गरेका थिए ।

घटना के कारणले भएको हो भनेर अनुसन्धान भइरहेको र खुकुरी प्रहार गर्ने केटाहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।