देश/प्रदेश

१६ दिनदेखि बेपत्ता मेजर विमल पण्डितको शव फेला

By खबरहब

September 12, 2023

दुनै- १६ दिनदेखि बेपत्ता नेपाली सेनाका गुल्मपति सेनानी (मेजर) विमल पण्डितको शव फेला परेको छ ।

उनको शव मंगलबार भेरी नदीमा फेला परेको हो । डोल्पाको सदरमुकाम दुनैस्थित नेपाली सेनाको नन्दबक्स गणमा कार्यरत मेजर पण्डित गत भदौ १० गतेदेखि बेपत्ता थिए ।

उनको शव डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका ५ अन्तर्गत पर्ने करबगाडस्थित चिन्ढेबगरनजिक भेरीको किनारमा फेला परेको प्रहरीले जनाएको छ ।

भेरीमा माछा मार्न जाल हाल्ने क्रममा स्थानीय शव फेला पारेका थिए ।