देश/प्रदेश

साहित्यकार तथा पत्रकार पराजुलीको अन्त्येष्टि

By खबरहब

September 12, 2023

काठमाडौँ- साहित्यकार तथा पत्रकार राजेन्द्र पराजुलीको अन्त्येष्टि गरिएको छ । निमोनियाका कारण ललितपुरको ग्वार्कोस्थित बिएन्डबी अस्पतालमा उपचारको क्रममा आज बिहान निधन भएका पराजुलीको साँझ पशुपति आर्यघाटमा अन्येष्टि गरिएको हो । कथा, उपन्यास र कविता तीन वटै विधामा कलम चलाएका पराजुलीलाई उनका छोराले दागबत्ती दिएका थिए ।

पराजुलीले केही समय अघि मात्रै कथासङ्ग्रह ‘जन्तरमन्तर’ प्रकाशित गरेका थिए । स्व. पराजुलीका ‘अघोरी’, ‘कोटेश्वरको केटो’, ‘शुक्रराज शास्त्रीको चश्मा’, ‘अनायिका’, ‘सपनामा मार्क्स’, ‘जाडोमा भोक’, ‘भ्रष्ट संवेदना’, ‘विकल्प’, ‘यात्रा’ लगायतका कृति प्रकाशित छन् ।

स्व पराजुलीले पत्रकारको रुपमा राजधानी दैनिक, नेपाल समाचारपत्र, नागरिक र आर्थिक दैनिक पत्रिका तथा बाह्रखरीलगायतका अनलाइनमा काम गरेका थिए ।