खेलकुद

एसीसी प्रिमियर कप : नेपाल र इरानबीच प्रतिस्पर्धा

By खबरहब

October 12, 2023

काठमाडौँ- १९ वर्ष मुनिको एसीसी प्रिमियर कप क्रिकेटमा अहिले नेपाल र इरानबीच प्रतिस्पर्धा भइरहेको छ । मलेसियाको बान्गीमा जारी खेलमा इरानले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गरिरहेको छ ।

प्रिमियर कपमा एसियाका १६ एसोसिएट टोलीले प्रतिस्पर्धा गर्दैछन् । जसलाई चार समूहमा विभाजन गरिएको छ । नेपाल रहेको समूह ए मा बहराइन, साउदी अरेबिया र इरान  रहेका छन्।

नेपालले दोस्रो खेल असोज २८ गते बहराइनसँग र तेस्रो खेल कात्तिक २ गते साउदी अरेबियासँग खेल्नेछ ।

यस्तै, समूह बी मा यूएई, ओमान, कतार र चीन, समूह सीमा सिंगापुर, कुवेत, थाईल्यान्ड र माल्दिभ्स तथा समूह डी मा हङकङ, मलेसिया जापान र इन्डोनेसिया छन्।

शीर्ष तीन टोलीले आगामी डिसेम्बरमा पाकिस्तानमा हुने १९ वर्ष मुनिको एसिया कप खेल्न पाउनेछन् । यो विश्वकप अघिको तयारी हो ।

विश्वकप २०२४ जनवरीमा श्रीलंकामा हुनेछ । नेपालले पनि उक्त विश्वकप खेल्नेछ । विश्वकपमा नेपालको समूहमा पाकिस्तान, न्युजिल्यान्ड र अफगानिस्तान छन् ।

भारत, पाकिस्तान, बंगलादेश, अफगानिस्तान र श्रीलंका भने एसिया कपमा सोझै छनोट भइसकेका छन् ।