फारइल फोटो

राजनीति

उर्वर उमेरमा कुलतमा फस्नु राष्ट्रका लागि हानिकारक : रक्षामन्त्री खड्का

By खबरहब

October 12, 2023

सुर्खेत– उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णाली प्रदेशमा लागूऔषधविरुद्ध लालटिन अभियानको शुभारम्भ गरेका छन् । 

लागूऔषधका कारण घर, समाज र सिङ्गो राष्ट्रलाई असर पुर्‍याइरहेको बताउँदै उपप्रधानमन्त्री खड्काले सिङ्गो समाज यसका विरुद्ध एकजुट हुनुपर्नेमा जोड दिए ।

उपसभापति खड्काले सीमा नाकामा हुने लागूऔषध ओसारपसार नियन्त्रणका लागि तीन तहकै सरकार र सामाजिक संघ, संस्थाको महत्त्वपूर्ण भूमिका हुने बताए । 

 ‘सीमाबाट हुने लागू औषध नियन्त्रणका लागि संघ, प्रदेश र स्थानीय तहका साथै नागरिक समाज, सामाजिक संस्था र समुदायको महत्त्वपूर्ण भूमिका रहन्छ,’  उपसभापति खड्काले भने , ‘यसतर्फ आजकै दिनदेखि सक्रियतापूर्वक लाग्न सबैमा आग्रह गर्दछु ।’

उपसभापति खड्काले लागूऔषधको दुर्व्यसनमा १६ देखि २६ वर्ष उमेर समूहका धेरै प्रभावित तथ्यांकले देखाएको बताउँदै उर्वर उमेरमा कुलतमा फस्नु राष्ट्रका लागि हानिकारक भएको बताए ।