राजनीति

गगनलक्षित गोविन्दको प्रश्न : कोशीमा शेखरलाई किन साथ नदिएको ?

By खबरहब

October 12, 2023

काठमाडौँ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द पोखरेलले कोशी प्रदेशमा कांग्रेसकै मुख्यमन्त्री बनाउनुपर्छ भन्दा डा. शेखर कोइराला पक्षलाई महामन्त्री गगन थापा लगायतका नेताले साथ नदिएको बताएका छन् ।

बिहीबार ट्विटरमार्फत पोखरलले महामन्त्री थापा लगायतका केही नेतालाई लक्षित गर्दै विगतमा सभापति देउवासँग शेखर मिले भन्नेले कोसी सरकार गठनमा साथ नदिएको बताएका हुन् ।

उनले लेखेका छन्, “हिजो शेखर कोइराला शेरबहादुरसँग मिले र सभापतिका हरेक कार्यलाई समर्थन गरे भन्ने भाष्य निर्माण गर्ने समूहले आज शेखर कोइरालाले व्यक्ति भन्दा पार्टी ठूलो हो, व्यक्ति परिवर्तन गरेर भए पनि कांग्रेसकै मुख्यमन्त्री बनाउनुपर्छ भन्दा त्यो समूहले साथ दिएन । राजनीतिमा मान्छेका रूप अनेक।”

केही महिना अघि कोइराला देउवासँग मिले भनेर पार्टीभित्रै गगन लगायतका केही नेताहरुले आलोचना गरेको उनको भनाइ छ । पोखरेललाई शेखर निकट केन्द्रीय सदस्य मानिन्छ ।