देश/प्रदेश

नवलपरासीको देवचुलीमा जिप दुर्घटना, ६ जनाको मृत्यु

By खबरहब

November 12, 2023

मध्यविन्दु- नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिकामा आइतबार जिप दुर्घटना हुँदा ६ जना यात्रुको मृत्यु भएको छ ।

बौदीकाली गाउँपालिकाको माझडाँडाबाट दलदले बजारतर्फ आउँदै गरेको लु१ज ३२७० नम्बरको जिप देवचुली नगरपालिका–९ गोरेघुम्तीमा दुर्घटना हुँदा घटनास्थलमै ६ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिए ।

दुर्घटनामा एक जना घाइते भएका छन् । दुर्घटनामा मृत्यु हुनेको परिचय खुल्न बाँकी रहेको प्रहरी नायब उपरीक्षक पौडेलले बताए । उक्त्त जिप अनियन्त्रित भई सडक छेउको घरमा ठोक्किन पुगेको प्रहरीले जनाएको छ ।