अन्तर्राष्ट्रिय

युक्रेनी राष्ट्रपतिले अमेरिकी राष्ट्रपतिलाई भेट्दै, थप सैन्य सहयोगको आग्रह गर्ने

By खबरहब

December 12, 2023

काठमाडौँ– युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्सकीले आज अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेटवार्ता गर्दैछन् ।

रुसले युक्रेनमा आक्रमण गरेपछि तेस्रो पटक वासिङ्टन पुगेका जेलेन्स्कीले भेटका क्रममा थप सैन्य सहयोगका लागि औपचारिक आग्रह गर्ने बुझिएको छ ।

यसअघि अमेरिका भ्रमणका क्रममा अमेरिकी सैन्य अधिकारीहरूलाई सम्बोधन गर्दै जेलेन्स्कीले युक्रेन आफ्नो स्वतन्त्रता रक्षाका लागि मात्रै नभइ विश्वको प्रजातन्त्र बचाउन युद्ध लडिरहेको जिकिर गरे ।

राजनीतिक विवादका कारण दशौँ लाख डलरको सहायता प्याकेज सम्बन्धी विधेयक अमेरिकी संसदमा अल्झिएको प्रति संकेत गर्दै उनले यस्तै अवस्था रहने हो भने त्यसले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनको समूहलाई मात्रै फाइदा पुग्ने बताएका थिए ।