फाइल फोटो

आर्थिक

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

By खबरहब

December 12, 2023

काठमाडौँ– नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको छ ।

महासङ्घका अनुसार मंगलबार छापावाल सुन प्रतितोला एक लाख १६ हजार ३०० रुपैयाँ र तेजाबी सुन एक लाख १५ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख १७ हजार रुपैयाँ र तेजाबी सुन एक लाख १६ हजार ४५० रुपैयाँमा  कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य भने आज स्थिर रहेछ । आज चाँदी तोलामा १४ सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।