ब्रेकिङ स्टोरी

एनसेलको शेयर खरिदबिक्रीविरुद्ध रिटको पेसी न्यायाधीश ढुंगानाको इजलासमा

By खबरहब

December 12, 2023

काठमाडौँ– एनसेल शेयर खरिदबिक्रीविरुद्ध प्रतिनिधिसभाका सांसद अमरेशकुमार सिंहले सर्वोच्चमा दायर गरेको रिटको सुनुवाइका लागि न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा पेसी तोकिएको छ ।

यसअघि आइतबार र सोमबारका लागि तोकिएको पेसी हेर्न नभ्याइने सूचीमा परेको थियो । सांसद सिंहले रिट निवेदनमा नेपालको कानुनी प्रक्रिया छलेर राज्यलाई हानिनोक्सानी हुने गरी अपारदर्शी ढंगले शेयर खरिदबिक्री भएको दाबी गरेका छन् । निवेदनमा शेयर खरिदबिक्रीलाई मान्यता नदिन पनि माग गरिएको छ ।

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूर सञ्चार प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालय, आन्तरिक राजश्व विभाग र एनसेललाई विपक्षी बनाइएको छ ।