राजनीति

जनताको समस्या सुन्ने पार्टी एमाले मात्रै हो : अध्यक्ष ओली

By खबरहब

December 12, 2023

काठमाडाैं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको समस्या सुन्ने पार्टी एमाले मात्रै भएको दाबी गरेका छन् ।

एमालेको झुलाघाट–चिवाभञ्ज्याङ यात्रा अन्तर्गत मंगलबार सिन्धुलीको खुर्कोटमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनताले भोगिरहेका समस्या सुन्ने पार्टी एमाले मात्रै रहेको र समस्याहरूको समाधान गर्ने बताएका हुन् ।

उनले समृद्ध नेपाल सुखी नेपालीको सङ्कल्प लिएर हिँडिरहेको एमाले दृढ सङ्कल्पका साथ समृद्धिका लागि प्रतिबद्ध रहेको जिकिर गरे । सडक निर्माण देखि अन्य पूर्वाधार निर्माणमा एमाले नेतृत्वको सरकारले साधारण काम गरेको उनले बताए ।

सुनकोशी मरिण डाइभरर्सनका कारण देखिएका समस्यालाई पनि समाधान गर्दै आयोजनालाई अघि बढाउनुपर्नेमा उनले जोड दिए ।