आर्थिक

केबिएल सेक्यूरिटिजको धितोपत्र कारोबार सुरु

By खबरहब

December 12, 2023

काठमाडौँ– केबिएल सेक्यूरिटिज लिमिटेड (शेयर ब्रोकर नं ९४) ले औपचारिक रूपमा धितोपत्र कारोबार शुभारम्भ गरेको छ ।

सोमबार एक कार्यक्रमकाे आयाेजना गरी कुमारी बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष अमिर प्रताप ज.ब राणाले कम्पनीकाे कारोबार शुभारम्भको उद्घाटन गरेका  थिए ।

उक्त कार्यक्रममा के.बि.एल सेक्यूरिटिज लिमिटेड तथा कुमारी बैक लिमिटेडका सञ्चालक समितिका पदाधिकारी, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापनका कर्मचारी तथा लगानीकर्ताहरूको उपस्थिति रहेको थियो ।

कारोबार सुभारम्भ गरेसँगै शेयर बजारका लगानीकर्तालाई उत्कृष्ट र सर्वसुलभ सेवा प्रदान गर्न के.बि.एल  सेक्युरिटिज सदैव प्रयासरत रहने कम्पनीका प्रमुख कार्यकारी अधिकृत विनय रेग्मीले उल्लेख गरेका छन् ।

के.बि.एल सेक्युरिटिज लिमिटेड, कुमारी बैक लिमिटेडको पुर्ण स्वामित्व रहेको नेपाल धितोपत्र बोर्ड बाट मान्यता प्राप्त सीमित कारोबार गर्ने धितोपत्र दलाल व्यवसायी हो ।