फाइल तस्वीर

ब्रेकिङ स्टोरी

वीरगञ्जका मेयर र उपमेयरबीच विवाद हुँदा कार्यालयमै कुटाकुट

By खबरहब

December 12, 2023

वीरगन्ज– वीरगन्ज महानगरपालिकामा मंगलबार मेयर र उपमेयरबीच विवाद हुँदा दुई पक्षका समर्थकबीच कुटाकुट भएको छ । नगरप्रमुख राजेशमान सिंह र उपमेयर इम्तियाज आलम पक्ष समर्थकबीच हात-हालाहाल भएको हो । 

महानगरपालिको कार्यालय कार्यकक्षको विषयलाई लिएर दुई पक्षबीच भएको विवादले उग्ररूप लिएको छ । स्थिति नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालयले ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ ।

कार्यकारी अधिकृतको कार्यालय अर्को भवनमा सरेपछि खाली भएको पुरानो कार्यालय रहेको कोठामा सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखा सार्ने विषयमा विवाद भएको थियो ।