ब्रेकिङ स्टोरी

ईः को विरोधमा स्थानीयको अवरोध

By खबरहब

December 12, 2023

ललितपुर – फुटपाथ व्यवसाय गर्न नदिन ललितपुर महानगरपालिकाको निर्णयविरुद्ध प्रदर्शन गर्न उभिएका अभियन्ता ईःलाई स्थानीयले अवरोध गरेका छन् ।

आज दिउँसो ३ बजे अभियन्ता ईः ललितपुर महानगरपालिकाको निर्णयविरुद्ध प्रदर्शन गर्न महानगर अगाडि पुगेका थिए । ईः को प्रदर्शन सुरु हुनासाथ ललितपुरका स्थानीयहरूले पनि फुटपाथमा व्यवसाय गर्न नपाउने भन्दै प्रदर्शन गरेका हुन् ।

फुटपाथमा व्यवसाय गर्न नपाउने भन्दै प्रदर्शन गरिरहेका स्थानीयले ईः लगायत प्रदर्शनकारीले बोकेको पम्प्लेट च्यातेका थिए ।

स्थानीय आक्रोशित हुँदै ईःमाथि आक्रमण गर्न खोजेपछि उनलाई प्रहरी प्रभाग पुल्चोकमा लगिएको छ । अहिले ललितपुर महानगर परिसरमा प्रहरीको बाक्लो उपस्थिति रहेको छ ।

ललितपुर महानगरपालिकाले गत आइतबारदेखि मंगलबजार-लगनखेल क्षेत्र ’फुटपाथ पसल निषेधित क्षेत्र’ तोकेको थियो ।

निषेधित क्षेत्र तोकेपछि ईःले त्यसको विरोधमा आफू १०८ मिनेट उभिने बताएका थिए ।