देश/प्रदेश

धारिलो हतियार प्रयोग गरी महिलाको हत्या, एक जना पक्राउ 

By खबरहब

December 12, 2023

बैतडी– बैतडीमा धारिलो हतियार प्रयोग गरेर एक महिलाको विभत्स हत्या गरिएको छ ।

सुर्नया गाउँपालिका–३ बिजुलका अन्दाजी ३२ वर्षीय तेजबहादुर चन्दले सोही ठाउँकी अन्दाजी ५६ वर्षीया हरिना बिष्टको धारिलो हतियार प्रयोग गरि हत्या गरेका हुन् । 

चन्दले मंगलबार दिउँसो घरमै पुगेर बिष्टको सब्बल, हसिया लगायतका हतियारको प्रयोग गरेर हत्या गरेका स्थानीय भुवन भट्टले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय पाटनबाट खटिएको प्रहरी टोलीले चन्दलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।