खेलकुद

यू-१९ एसिया कप : पाकिस्तान र भारत सेमिफाइनलमा 

By खबरहब

December 12, 2023

काठमाडौं – यू–१९ एसिया कप क्रिकेटको समूह ‘ए’ बाट पाकिस्तान र भारत सेमिफाइनलमा प्रवेश गरेका छन् ।

समूह चरणका तीन मध्य तीनै खेल जितेको पाकिस्तान समूह विजेता तथा तीन मध्य दुई खेल जितेको भारत उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् ।

भारतले अफगानिस्तान र नेपाललाई पराजित गर्दा पाकिस्तानसँग पराजित भएको थियो । नेपाल भने आफ्ना तीन खेलमा नै पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

यो समूहबाट एक खेल जितेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरियो । समूह ‘बी’ बाट भने बंगलादेश सेमिफाइनलमा पुग्दा अर्को सेमिफाइनल पुग्ने टिमको टुङ्गो भोलि लाग्नेछ ।

यो समूहमा श्रीलंका र यूएईले समान एक–एक खेल जितेका छन् । रनरेटको आधारमा श्रीलंका तालिकाको दोस्रो स्थानमा रहेको छ । जितविहीन जापान तालिकाको पुछारमा रहेको छ ।