फाइल तस्वीर

राजनीति

प्रदेश १ का मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

By खबरहब

January 13, 2023

काठमाडौँ – प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदैछन्।

आइतबार मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले दिउँसो १ बजे प्रदेशसभामा विश्वासको मत लिने कार्यक्रम रहेको छ।

९३ सदस्यीय प्रदेशसभामा ६० जना सांसदको समर्थनसहित कार्की मुख्यमन्त्री बनेका हुन् । नेकपा एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका एक जना सांसदको समर्थन छ। कांग्रेसका २९ र नेकपा एकीकृत समाजवादी पार्टीका ४ सांसद प्रतिपक्षमा बस्नेछन्।

सरकारलाई समर्थन जनाए पनि मुख्यमन्त्री आधा–आधा कार्यकाल हुनुपर्ने दाबी गर्दै माओवादी केन्द्र सरकारमा गएको छैन। एमालेको भागमा परेको उपसभामुखको निर्वाचन शनिबार गर्ने तयारी छ।

सभामुखमा माओवादी केन्द्रका नेता बाबुराम गौतम निर्विरोध निर्वाचित भइसकेका छन्।