राजनीति

लुम्बिनीको सभामुख र उपसभामुखका लागि माघ ३ गते मतदान हुने

By खबरहब

January 13, 2023

दाङ- लुम्बिनी प्रदेशमा सभामुख र उपसभामुखका लागि माघ ३ गते मतदान हुने भएको छ।

प्रदेश सभा सचिवालयले जारी गरेको सूचनामा माघ ३ गते दिउँसो एक बजे सभामुख र उपसभामुखका लागि मतदान हुने उल्लेख छ। प्रदेशसभाको पहिलो अधिवेशनको तेस्रो बैठकमा सभामुख र उपसभामुखको निर्वाचन हुन लागेको हो।

त्यसअघि माघ २ गते दिउँसो १ बजेदेखि बेलुका ५ बजेसम्म प्रदेशसभाको सभामुख र उपसभामुखका लागि उम्मेदवारी दर्ताको समय तोकिएको छ। साथै, सोही दिन बेलुका साढे ५ बजे उम्मेदवारहरूको सूची प्रकाशन गरिने छ।

नेपालको संविधान धारा १८२ को उपधारा ९१० र लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम ७ बमोजिम सभामुख र उपसभामुखको निर्वाचन हुन लागेको हो।