फाइल तस्वीर

राजनीति

बागमतीको सभामुखका लागि तीन जनाको भिडन्त, मतदान आज

By खबरहब

January 13, 2023

हेटौंडा – बागमती प्रदेशसभाको दोस्रो कार्यकालको सभामुखको लागि आज निर्वाचन हुँदैछ।

बिहान ११ बजे सुरु हुने प्रदेशसभाको बैठकमा सभामुख चयनको लागि मतदान हुने भएको हो। सभामुखको लागि तीन जनाले उम्मेदवारी दिएका छन् ।

सत्ता गठबन्धनका साझा उम्मेदवार राप्रपाका भुवनकुमार पाठक, नेपाली कांग्रेसका शिवराज अधिकारी र नेमकिपाकी सिर्जना सयजु प्रतिस्पर्धामा रहेका छन्।

कुल ११० सदस्यीय प्रदेशसभामा सभामुखमा निर्वाचित हुनको लागि ५६ मत भए पुग्छ। उपसभामुख चयन प्रक्रियाको भने अझै टुंगो लागेको छैन।

बागमतीमा नेकपा एमालेको २७, नेकपा माओवादी केन्द्रको २१, राप्रपाको १३, समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको २ सांसद छन्।