आध्यात्मिक चिन्तक आनन्द अरुण जो ओशो तपोवन नेपालका संस्थापक हुन्। सानै देखिको साधना र आध्यात्मको खोजले उनलाई अनेकौँ गुरु र आश्रमसम्म डोहोर्याएको छ। आध्यात्म भनेका के हो ? एउटा व्यक्तिले आध्यात्म लिन कस्तो आध्यात्ममा लिन हुनु पर्दछ ? आज हामी यी र यस्तै विषयमा आधारित भएर आध्यात्मिक चिन्तक स्वामी आनन्द अरुणसँग नयन सापकोटाले गरेको कुराकानीको सम्पादित अंश :
आध्यात्म भनेको के हो, यसको सुरुवात कहाँबाट हुन्छ ? बाहिरको जगत् जुन छ त्यसको एउटा विज्ञान छ। एउटा भित्री आध्यात्म र अर्को बाहिरी आध्यात्म हुन्छ। शरीर त हाम्रो भौतिकता हो। हामीले एक दिन छोडेर जान्छौँ। हामीले जन्म लिनुभन्दा अगाडि पनि हाम्रो अस्तित्व थियो। तर शरीर थिएन। भौतिकता एक समय रहन्छ। तर जो सधैँ रहन्छ त्यो नै आध्यात्म हो। चेतनाको विज्ञान नै आध्यात्म हो।
कस्तो व्यक्तिमा आध्यात्म हुन्छ ? आध्यात्म र चेतना हामी सबै मान्छेमा भएको अनुभव गर्न सक्छौं। आफ्नो अनुभवमा भर पर्दछ। तर, मानिसले आध्यात्म र चेतना फरक हुन्छ। तर कति बोध गर्दछ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ।
शून्य चेतना भएको व्यक्तिमा कति बेला आध्यात्मबाट आनन्द हुन्छ ? बाहिरको सेवा जुन छ खान लगाउनै पर्छ। भौतिकताले सुविधा दिन्छ तर सुख दिँदैन। मलाई इन्जिनियरिङले सुख दियो। खान लगाउन दियो। तर आध्यात्मले सुख दिएको छ। जुन कुरा इन्जिनियरिङले दिने थिएन।
खुसी र वेदना कस्तो प्रकारको चेतना हो ? जबसम्म हाम्रो जीवनमा दुःख आउँदैन तबसम्म मान्छे जाग्दैन। मैले देख्दा संसार दुःखी देखेको छु। यु्द्ध देखिएका छन्। यसको समाधान आध्यात्ममा देख्छु। यो भौतिक शरीरको प्रदर्शन हो। आफू भित्र अहंकार र रिस लुकेका हुन्छन्। युद्धमा जित कसैको हुँदैन। दुवैको हार हुन्छ। रुस र युक्रेन युद्धमा रुसले पनि गुमाइरहेको छ। मानव भित्र राम र रावण दुवै प्रवृत्ति हुन्छ। युद्धमा रावण प्रवृत्तिले केही क्षण जितेको हो। राजनीतिमा अलिकति आध्यात्म दियो भने राम्रो हुन्छ। रुस र युक्रेनका प्रमुखले अलिकति आध्यात्म ज्ञान भयो भने युद्ध हुँदैन। अहिलेको राजनीतिमा एक चम्चा आध्यात्मको ज्ञान आवश्यक छ। आध्यात्म अलिकति भए आफूलाई दुःख देला तर अरुलाई दुःख दिँदैन।
राजनीतिमा अहिले आफ्नो पन वा वरपरको मात्र बनाउने के कारणले भएको छ ? त्यो आध्यात्मको अभाव हो। अहंकारको प्रभाव देखिन्छ। राजनीतिक व्यक्तिलाई दिनमा आधा घण्टा समय निकाल्नुहोस्। आध्यात्मका पुस्तक पढे राम्रो हुन्थ्यो। अहिले युक्रेन र रसियाको युद्धमा आध्यात्म शून्य भयो। स्कुलमा बम खसेको छ। विद्यालयमा बम खसेको छ। यसले मलाई धेरै पीडा हुन्छ। जसले अर्काको पीडा बुझ्दैन भने त्यो मान्छे नै होइन।
राजनीतिक व्यक्तित्वले जनताको पीडा बुझेको देख्नु हुन्छ ? त्यो देखिँदैन। हामीसँग धेरै कुरा छन्। तर देश विकासतर्फ गएको छैन। देशमा म प्रगति केही पनि देख्दिन। देश अधोगति तर्फ गएको छ। पहिला औद्योगिक क्षेत्रहरू कति राम्रा थिए। अरू खोल्नु पर्ने ठाउँमा भएको पनि अन्त्य भएका छन्। पहिला चीनको प्रतिव्यक्ति आय नेपालको भन्दा कम थियो। औद्योगिक क्षेत्रमा जाँदा आँसु झर्छ। अरु देशले विकास तीव्र बनाए। एउटा उन्नतिको बाटोमा हिँडेको देश अहिले अधोगतितर्फ गयो। भ्रष्टाचार भयो। मान्छेमा लोभ लालच बढ्यो।
देशको यो हालतमा चिन्ता लाग्छ त ? चिन्ता धेरै लाग्छ। चुरोट खानुको जस्तो मेरो पत्रिका पढ्ने लत नै छ। यो अवस्था देख्दा पीडित हुन्छु। नेपालमा मैले सानो ठूलो गरेर सय वटा आश्रम खोलेको छु। त्यसमा धेरै मान्छेहरू आध्यात्म गर्नु भएको छ। अहिलेको राजनीतिमा व्यक्तिलाई दोष दिनु हुँदैन। व्यवस्थाको दोष हो। एउटा चुनाव जित्न नै १५ लाखदेखि माथि लाग्छ। त्यसैले उ कमाउन बाध्य हुन्छ। भ्रष्टाचार अब बाध्यता भइसक्यो। व्यवस्था परिवर्तन नभएसम्म यो परिवर्तन हुँदैन।
धनसँग आनन्द जोडिन्छ ? आनन्दसँग धनको सम्बन्ध नै छैन। मान्छे बेहोसी छ। सम्पत्तिमा सुख भए बुद्ध किन वनवास जानु पर्दथ्यो। तपस्या गरेर किन सुखी हुनुभयो। सुख राजदरबारमा नभएको दृष्टी बुद्धलाई भयो। पैसा जम्मा गरेर कोही खुशी हुँदैन। पैसा जम्मा हुनु भनेको सुखी हुनु होइन। भौतिकताले सुखी हुन्छ भन्ने सपना कसैले देख्छ भने त्यो असम्भव हो। जबसम्म मान्छेले आध्यात्म बुझ्दैन तबसम्म मान्छे सुखी हुँदैन। सुविधालाई सुख नठानौं। सुखी हुन हृदयमा सन्तोष, प्रेम, करुणा र अलिकति मित्रता चाहिन्छ। भौतिकताबाट सुखी भएको मानिस मैले देखेको छैन र सम्भव पनि छैन।
आध्यात्मबाट तपाईं खुसी हुनुहुन्छ ? हामी साधक हौँ। हामी ध्यान गर्छौं। पाँच घण्टा ध्यान गर्दा म जस्तो सुखी कोही पनि हुँदैन। तर, त्यसपछि हामी समाचार पढ्छौं फेरि दुःखी हुन्छौँ। वास्तविक साम्यवाद ओशो तपोवनमा छ। हामी सबै एउटै मञ्चमा खान्छौँ। हाम्रो अहिलेसम्म एउटा पनि जग्गा र घर केही छैन। एक थरीको कपडा लगाउँछौँ। ओशोमा सबै समान छन्। सबैलाई सुविधा समान छ।
साधना र ओशो साधनामा के फरक छ ? ओशोमा भौतिकवाद र आध्यात्मको समन्वय छ। ओशोले भौतिक जीवनको विरोध गर्नु भएन। ओशो भौतिक समृद्धि होस् भन्नुहुन्थ्यो। भौतिकसँगै बाहिरी वातावरणमा पनि बसेर कुरा गर्न सकिन्छ। अहिलेको संसारको जति समस्या छ त्यसको उत्तर हो ओशो। ओशोमा सबैलाई सुविधा समान छ। सबैको आआफ्नो ध्यान छ। जो मान्छेको चेतनाको विकास जति भएको छ। त्यो मान्छे त्यत्ति नै सुखी भएको छ। ओशो तपोवनमा माक्र्सको भौतिकवाद र बुद्धको आध्यात्मिक ज्ञानको संयोजन भएको छ।
कस्तो अवस्थामा आध्यात्मा वा साधना कस्तो व्यक्तिले लिने ? भौतिक जगतमा अलिकति असन्तोष चाहिन्छ। भौतिक जगतमा सुखी हुन सकिँदैन। म बारम्बार भन्छु। नेपालका सबै जग्गा मेरो नाममा बनाए पनि म खुसी हुन सक्दिन। भौतिक सुविधाले सुख सम्भव छैन। त्यसमा सन्तोष चाहिन्छ। त्यो आध्यात्म हो। हामी चारै तिर विसंगती देखेँपछि हामी आध्यात्मममा लाग्यौँ। भौतिक रुपमा जति माथि गए पनि सुखी हुन सकिँदैन भन्ने बोध गर्न आध्यात्ममा लाग्नुपर्छ।
यो साधना र ध्यानमा कस्तो कस्तो व्यक्ति पाउनु भयो ? ओशोको दर्शनले क्रान्तिकारी भएकाले युवालाई अपिल गर्दछ। हाम्रोमा उपस्थित हुने ८० प्रतिशत मान्छे ३०–३५ वर्ष मुनिका मान्छे छन्। धर्मसभामा बुढापाका जान्छन्। तर त्यसको ठिक उल्टो ओशोमा युवा उमेरका मानिस आउँछन्। हाम्रोमा अधिकांश विद्रोह गर्ने क्षमता भएको युवा आएका छन्। यो संसारमा जो धर्मगुरु आए युवामा नै आए। युवामा विद्रोह हुन्छ नयाँ कुरा सिक्ने चाहना हुन्छ। शरीर बुढो भए पनि म युवा नै रहन्छु। जतिजति शरीर बुढो भइराखेको छ त्यत्ति नै मन युवा छ।
उमेरले गर्दा कतै बढी बाच्ने रहर वा चिन्ता हुन्छ कि उमेरप्रति कुनै गुन्जायस नै छैन ? मृत्युको भय मानिसँग अलिअलि लुकेकै हुन्छ। तर, आध्यात्मिक ज्ञान लिँदै जाँदा सुख प्राप्त हुन्छ। सुतेपछि राजा र रैती बराबर हुन्छ। सुत्नु भनेको पनि छोटो मृत्यु अर्थात् सुख हो। गाउँका मान्छे अहिले पनि सुत्छन्। अहिलेको युगमा सहरमा निन्द्रा हराउन थाल्यो। यो चाहिँ भौतिकवादको रोग हो। संसारमा शान्तिपूर्ण निन्द्रा हराउँदै गएको छ। ठूलो पलङ लगाएर आनन्द प्राप्त हुँदैन। आध्यात्मले मात्र निन्दा लाग्छ।
अनिन्द्राको समस्या किन भयो त ? मान्छे जति भौतिक रूपले सफल हुँदै जान्छ उति नै उसको निन्द्रा राम्रो हुँदैन। जो मान्छे ६ देखि ७ घण्टा राम्रोसँग सुत्न सक्दैन। त्यो मान्छे मर्ने बेलामा पनि छटपटाएर मर्छ। मर्न पनि सजिलै सक्दैन। मृत्यु भनेको गहिरो निन्द्रा हो। मृत्युले हामीलाई गहिरो आराम दिन्छ। मृत्यु भनेको हाम्रो अन्तिम परीक्षा हो। मृत्युको पार्क तपोवनले पहिलो पटक बनायो। यो पार्क हामीले बनाउनुको कारण भनेको हाम्रो अन्तिम बिन्दु यो हो है भनेको हो। यो हाम्रो थाई घर होइन। स्थायी घर त हाम्रो आर्यघाट हो। त्यसैले यो अस्थायी घरमा धेरै अहंकार गर्नु हुँदैन।
के ले मान्छेलाई मृत्युसँग डराउने बनाएको छ ? यो बेहोसी पन हो। आँखा खोले पनि मान्छे निदाउँछ। आर्यघाटमा आँखा खोलेर पनि मृत्यु भएको हुन्छ। आर्यघाटमा आधा घण्टा मान्छे शोकमा डुब्छन्। एक छिनपछि अरू विषय वा राजनीति सुरु हुन्छ। आर्थिक समस्या लगायतका कुरा चलाउँछन्। म पनि मर्नु पर्दछ। हामीले केही लिएर जाँदैनौ। हामीले सत्कर्म जे गर्याे त्यो मात्र लिएर जाने हो। भनेर सम्झदैनन्। अन्तिम गन्तव्यमा हामी केही लिएर जाँदैनौं। त्यसको बोधका लागि हामीले मृत्यु पार्क बनाएका हौँ।
अहिलेको समयमा त्यागलाई हरेक व्यक्तिले अंगिकार गर्न किन नसकेको ? एउटै कुरा भन्छु बोध नभएर हो। एउटा बच्चालाई खेलौना किनिदियो भने उसले हिँड्दादेखि सुतेको समयमा पनि आफैसँग राख्छ। तर, ठूलो भएपछि त्यो गर्दैन। हामी मृत्यु नजिक आइपुगेपछि हामीले धन सम्पत्तिको लोभ छोड्नुपर्छ। २५ वर्षमा पनि बाल्यकालको खेलाउना हातमै लियो भने त्यो उमेरले परिपक्व भएन। हामीमा पनि उमेरमा परिपक्वता चाहिन्छ। (एभिन्युजसँगको सहकार्यमा तयार पारिएको अन्तवार्ता) प्रस्तुति : पुष्पाञ्जली बस्नेत