फाइल तस्वीर

राजनीति

कर्णालीमा माओवादीले पुरानालाई मन्त्रीमा नल्याउने

By खबरहब

January 13, 2023

सुर्खेत – नेकपा माओवादी केन्द्रले पुरानालाई यो पटक मन्त्री नबनाउने भएको छ । प्रदेश इन्चार्ज कालीबहादुर मल्लले दिएको जानकारीअनुसार पुराना कसैलाई पनि मन्त्री नबनाउने निर्णय भएको छ ।

माओवादीबाट डोल्पाका वीरबहादुर र सुर्खेतका विन्धमान विष्ट प्रदेशसभामा दोहोरिएका छन् । नयाँलाई मात्र मन्त्री बनाउने माओवादीभित्र सहमति भइसकेको छ ।

बिहीबार मात्र माओवादीबाट मुगुका मंगलबहादुर शाहीले विना विभागीय मन्त्रीको रुपमा मात्र शपथ लिएका छन् । मन्त्रीमण्डल विस्तारका लागि छलफल जारी रहेको छ ।