राजनीति

प्रदेश १ को उपसभामुखमा एमालेले दनुवारलाई उठाउने

By खबरहब

January 13, 2023

विराटनगर – नेकपा एमालेले प्रदेश १ को उपसभामुखमा सिर्जना दनुवार उम्मेदवार बनाउने निर्णय गरेको छ।

उदयपुरबाट प्रदेश सभा सदस्यमा निर्वाचित दनुवारलाई ३० पुसमा हुने निर्वाचनका लागि उम्मेदवार बनाउने तय भएको हो।

प्रदेश १ को सभामुखमा भने नेकपा माओवादी केन्द्रका बाबुराम गौतम यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्।