राजनीति

मधेस प्रदेशका मुख्यमन्त्री यादवले लिए सपथ

By खबरहब

January 13, 2023

जनकपुर– मधेस प्रदेशमा नेकपा एमाले, जनता समाजवादी पार्टी र जनमत पार्टीसहित तीन राजनीतिक दलको संयुक्त सरकार गठन भएको छ । नयाँ सरकार गठन भएसँगै मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले शुक्रबार शपथ लिएका छन् ।

जनकपुरमा आयोजित विशेष समारोहमा सो प्रदेश प्रमुख हरिशंकर मिश्रबाट मुख्यमन्त्री यादवले पद तथा गोपनीयताको शपथ लिएका हुन । मुख्यमन्त्री यादवले मन्त्रिपरिषद् विस्तार गरी आजै तीन प्रदेश सांसदलाई मन्त्रीमासमेत नियुक्त गरेका छन । नवनियुक्त मन्त्रीहरूले पनि आजै पद तथा गोपनियताको सपथ लिएका छन् । 

जसअनुसार मुख्यमन्त्री यादवले नेकपा एमालेका सरोज यादव, जसपाका सञ्जय यादव र जनमत पार्टीका वसन्त कुशवाहालाई मन्त्री पदमा नियुक्त गरेका हुन । तत्कालका लागि तीनै जना बिना विभागीयको रहेका छन । मुख्यमन्त्री यादवका अनुसार उनीहरूलाई पछि जिम्मेवारी तोकिने छ ।